प्रसुती गृहमा स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाण्डौको थापाथलीस्थित प्रसुती गृहमा कार्यरत रहेका तीन आवासीय चिकित्सकसहित कुल ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमन पुष्टि हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक तथा सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी समेत रहेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यद्धपी अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन । संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *