कास्की अस्पतालमा नर्स र आइसीयुका बिरामीमा कोरोना पुष्टि

काठमाण्डौ । पोखरास्थित कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत रहेका एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । यहि भदौ २ गते एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो जसमध्य आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले बताएका छन् ।

‘तनहुँकी मृतक महिलाभन्दा पनि पहिले नै उहाँ अस्पताल आउनुभएको हो । उहाँ पोखराका अन्य अस्पताल समेत पुगेर हाम्रो अस्पतालमा आएको खुलेको छ,’ डा. खड्काले भने, ‘आईसीयुमा उपचारत महिलालाई पोखरा विज्ञान प्रतिष्ठानमा लैजाने विषयमा कुरा हुँदैछ भने नर्सको (आइसोलेसन) व्यवस्था हामी आफैले नै गर्छौं ।’  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमित महिलालाई निमोनियाको समस्या देखिएको र अहिले भने उनको स्वास्थ्यमा सुधार भइरहेको डा. खड्काले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *