बारा पर्सामा सेना- प्रहरी सहित १५६ जना संक्रमित

काठमाण्डौ । पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको कुल ३ सय २० वटा स्वाब नमूना परीक्षणमा गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमितहरु ३ वर्ष देखि ७० वर्ष सम्मको ३४ जना महिला र १ सय २२ जना पुरुष रहेका छन् भने तिमध्य बाराका ११ जना र पर्साका १ सय ४५ जना रहेका छन् ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी तथा जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *