विरगंज अस्पतालमा रहेका दुइ जना संक्रमित भागेपछि

काठमाण्डौ । वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालमा रहेका दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेका छन् । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले उनीहरुलाई अस्पतालमा नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरु डिलक्स क्याबिनमा बस्दै आएका थिए भने उनीहरु कसरी भागे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरीले उनिहरु अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका गरेको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *