कक्षा ११ को भर्नामा नयाँ व्यवस्था

काठमाण्डौ । विद्यालयले अबदेखि कक्षा–११ मा विद्यार्थी भर्ना लिंदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । यस पटकदेखि  विद्यालयले विगत जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिएका छन् जस अनुसार भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता भने दिइँने छैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी कुल ६ वटा विषय अध्यापन गराइन्छ भने विद्यार्थीले चाहेको खण्डमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने र कक्षागत उतीर्ण भनेर दिइने भएको छ । बिद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *