विदेशका नेपालीको उद्धार नाममा सरकारले व्यापार गरेको भन्ने आरोप कांग्रेसको

काठमाडाैं
कोरोना भाइरसले महामारीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ । यसले सबैलाई प्रभावित पारेको छ । हरेक दिन संक्रमित तथा मृतकको संख्या बढी नै रहेको छ । यसले बैंकि तथा बित्तिय सस्थामा पनि नराम्रो असर पारेको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै विदेशमा अलपत्र नेपालीहरूलाई नि:शुल्क उद्धार गर्न सरकारसँग जोडदार माग गरेको छ। उद्धार गर्ने निउमा व्यपार नगर्न पहल समेत गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै उद्धारको दायरालाई फराकिलो पार्दै नि:शुल्क गर्न माग गरेका हुन्। त्यसरी उद्धार गरिएका नेपालीलाई सरकारी खर्चमै क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण र गाउँसम्म पुर्याउने प्रवन्ध मिलाउन विज्ञप्तिमा माग गरिएको छ।
सरकारकव पछिल्लो निर्णयले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई उद्धार गरे पनि मानवीय भावनाभन्दा व्यापारको मस्तिष्क धेरै खपत भएको कांग्रेसको आरोप छ।
‘एक त चार्टर्ड फ्लाइटको महंगो टिकट काट्नुपर्ने, अर्को होटल, क्वारेन्टिनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पिसिआर आफैं गर्नुपर्ने र गाउँसम्म पुग्न आफैं खर्च गर्नुपर्ने अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुकूल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ वर्ग शत्रुको व्यवहार?’
छ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर्ड फ्लाइटको टिकट खरिद गर भन्नु कति जायज र न्यायोचित नभएको कांग्रेसले जनाएको छ। ‘कांग्रेसले अदालतको आदेशको उल्लंघन र मानहानी हो कि हैन प्रधानमन्त्रीज्यू?’
मन्त्रिपरिषदको पछिल्लो बैठकले तीन घन्टा उद्धार फ्लाइट गर्ने निर्णय गरेको थियो। यो समय एकदमै न्यून र उद्धारको कछुवा गतिभित्र पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय नदेखिएको कांग्रेसको भनाइ छ।