दिपाले आफ्नो जन्मदिनको अवसर पारेर मागिन माफी

काठमाडाैं
महानायक राजेश हमाललाई महानायक हैनन भनेर बिबादमा मुछिएकि दीपाश्री निरौलाले अन्तयमा गल्ति सुइ्कारदै माफि मागेकि छिन।यो विबाद लामो समय मा चर्किएको थियो।
नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । ‘महानायक’ विवादपछि जन्मदिनको अवसरमा फेसबुकमा भिडियोमार्फत उनले हात जोड्दै भनिन्–‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’
दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् । हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ ।
उनले, आफूले सिरियल र चलचित्र निर्माणबाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको स्विकार गरेकी छिन् ।
उनले भनिन्–‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिषयमा मेरो कमजोरी रहेछ । यो कुराले मलाई पनि शिक्षा दिएको छ ।
ठूलो आँधीबेरी आएपछि रुखमा कुहिएका फलहरु झरे झै मेरो कमजोरी पनि झरेका छन् ।’ उनले अन्तरवार्ता दिने क्रममा आफूले ३ वटा गल्ती गरेको बताएकी छिन् । उनले भनिन्–‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो ।
दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ । र तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ ।’
दीपाश्री निरौलाले आफुले गरेको गल्तिलाई गल्ति नै हो भनेर मानेकि छिन ।दीपाले सबैको मायाले आफू मेरो उठ्न सकेको पनि बताएकी छिन् । उनले जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्–‘अबदेखि यस्तो गल्ती दोहोर्याउने छैन । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु । राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कनेछु ।’