कोभिडको असर बैंकि तथा बित्तिय सस्थामा पनि, कति पार्यो त असर ?

काठमाडौं ।

कोरोना भाइरसले महामारीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ । यसले सबैलाई प्रभावित पारेको छ । हरेक दिन संक्रमित तथा मृतकको संख्या बढी नै रहेको छ ।  यसले बैंकि तथा बित्तिय सस्थामा पनि नराम्रो असर पारेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को असर समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असर नेपाली बैंकिङ क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । मुलुकमा सञ्चालित २७ कमर्सियल बैंकहरुको वित्तीय विवरणले नै कोरोनाको असर बैंकिङ क्षेत्रमा कति परेको छ भन्ने पुष्टि गराउँछ ।

गत आर्थिक वर्ष २०७६/७७ को तथ्यांक हेर्ने हो भने कमर्सियल बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *