कोरोनाका कारण विरगंजमा थप एक मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणबाट विरगंजमा थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत रहेकी वीरगञ्ज महानगरपालिका–११ का ५६ वर्षीया महिलाको शनिबार बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

थाइराइडको बिरामी रहेका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गराइएको थियो भने साउन २४ रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो भने पछिल्लो १२ घण्टा उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

यससँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *