किन बसिन्छ ऋषि पन्चमको व्रत? यस्तो छ कारण :

काठमाण्डौ । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन । ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ भने आजको दिन रजस्वाला हुन शुरु भइसकेका महिलाहरुले रजस्वाला हुँदाको समयमा आफूबाट जान अन्जानमा भएका गल्तिको शुद्धाशुद्धिका लागी पूजा अर्चना गर्ने गर्दछन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भविष्योत्तर पुराणमा भनिए अनुसार भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए । त्यसै अनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारी जातिहरुको रजस्वालाको रुपमा परिणत भए । यसै कारण मासिक धर्मका समय लाग्ने पापहरुको निबृतिको लागि महिलाहरुले यो व्रत बस्न सुरु गरेका थिए ।

आजको व्रतको संकल्प : अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।

Leave a Reply

Your email address will not be published. Required fields are marked *