बिहानै उठेर अदुवा सेवन गर्नु यति लाभदायक

काठमाण्डौ । अदुवा स्वास्थ्यको लागी निकै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमताको वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । हालै गरिएको  एक अध्ययनमा अदुवा हालेको चिया खाँदा स्वादका साथै शरीरका लागि पनि निकै महत्वपूर्ण फाइदाहरु हुने गरेको तथ्य पत्ता लागेको छ ।

अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवामा भिटामिन सीको मात्रा उच्च हुनुका साथै यसमा म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ। यसले रोगसँग लड्ने क्षमताको वृद्धि गराउँछ भने शरिरलाई निकै बलियो बनाउँछ। अदुवाले पाचन प्रणालीका क्रियाहरुलाई सहज तुल्याउँछ । अदुवामा भिटामिन र खनिज एवं एमिनो एसिड पाईन्छ जसले रक्त सञ्चारलाई राम्रो पार्न मद्दत गर्छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै यसले विभिन्न रोगको खतराबाट पनि बचाउँछ । अदुवाको सेवन हृदयघात देखि लिएर अन्य मुटु सम्बन्धी समस्या समेत कम हुने गर्दछ। अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन तथा दुखाइलाई कम गर्छ । मांसपेसी तथा जोर्नीको दुखाइमा पनि अदुवाको सेवन निकै लाभदायी मानिन्छ। अदुवाले  श्वाप्रश्वासको समस्या हुनेलाई पनि निकै लाभ गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *