सुर्यदेवको नमन गर्दै हेर्नुहोस् आजको यति राम्रो राशिफल :

काठमाडौ । आज मिती २०७७ भदौ ७ गते आइतबारको राशिफल यस प्रकार रहेको छ ।
मेष राशि : मेष राशि हुने व्यक्तिहरुले आज सतर्क रहनुपर्ने देखिन्छ। सहयोगीहरूले आफुलाई घात पुर्याउने तथा विपक्षीहरु लाइ साथ् दिने देखिन्छ।आर्जित धन पनि खर्च हुन सक्ने हुँदा विचार पुर्याउनु होला । कठिन प्रयासल गर्दा लाभ मिल्न सक्ने योग रहेको छ ।
वृष राशि : वृष राशि भएका व्यक्तिहरुको आजको दिन राम्रो देखिन्छ । विभिन्न किसिमको सहयोग तथा उपहारहरु प्राप्त हुने योग छ। मिहिनेत गरेअनुसार आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछभने चिताएका काम पुरा हुनेछ ।
मिथुन राशि : मिथुन राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । प्रेम र मित्रताको गाँठो कसिनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय रहेको छ। सोचे अनुसारको काम बन्नेछ भने तार्किक क्षमताले सम्मान दिलाउनेछ।
कर्कट राशि : पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ।समय खासै अनुकूल नरहेको हुँदा विचार पुर्याउनु होला , दाम्पत्य जीवनमा शंका उब्जने तथा असमझदारी बढ्ने सम्भावना रहेको छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने हुँदा होस् पुर्याउनु होला।
सिंह राशि : सिंह राशि हुने व्यक्तिको आजको दिन बलियो रहेको हुँदा बोलीको भरमा काम सफल हुने योग
रहेको छ। तपाईको विचारको आकर्षणले गर्दा प्रशंसकहरू बढ्नेछन् भने चाहेको काम पुरा हुने योग रहेको छ ।
कन्या राशि : कन्या राशि हुने व्यक्तिहरुको आजको समय बलवान् रहेको छ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने योग देखिन्छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रयत्न गर्दा अप्ठ्यारा कामहरु पनि
सफल हुने देखिन्छ।
तुला राशि : तुला राशि हुने व्यक्तिहरुको आजको दिन निकै शुभ देखिन्छ । विभिन्न भौतिक साधन जुट्ने योग छ भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ र साथै सन्तानका माध्यमबाट काम बन्ने सम्भावना पनि रहेको छ।
वृश्चिक राशि : वृश्चिक राशि भएका व्यक्तिहरुको अध्ययनमा राम्रो प्रगति हुने योग रहेको छ। हिम्मतले काम लिँदा सफल्ता प्राप्त हुनेछ । आफूमाथि विश्वास राख्नुहोला, तपाईलाई आफ्नै प्रतिभाले फाइदा दिलाउन सक्नेछ।
धनु राशि : धनु राशि भएका व्यक्तिहरुले आज सतर्कता अपनाउनु पर्ने देखिन्छ।अनावश्यक दौडधुपमा समय बित्ने योग छ भने नजिकैका व्यक्तिबाट घात हुने सक्ने सम्भावन रहेको छ। हानी हुनबाट जोगीनका लागी आफ्नो योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।आर्थिक कारोबारमा भने सजगता अपनाउनुपर्ने देखिन्छ।
मकर राशि : मकर राशि हुने व्यक्तिहरुको आजको दिन लाभदायीक रहेको छ । आफ्नो काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ भने आफ्नो बौद्धिक क्षमताको भरमा कसैलाई पनि सजिलै रिझाउन सकिने छ । गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा रहने हुँदा आर्थिक स्थिति पनि बढ्ने देखिन्छ।
कुम्भ राशि : मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ भने दैनिकीमा केहि परिवर्तन आउन सक्छ। सतर्कता अपनाउनु पर्नेछ। हिम्मतले काम बनाउन सकिने योग रहेको हुँदा हरेस नखानुहोला ।
मीन राशि : मीन राशि भएका व्यक्तिहरुको आजको दिन राम्रो बित्नेछ। पहिलेका कर्मको प्रतिफल पाइनेछ भने नयाँ चिताएका कामहरु पनि बन्ने योग रहेको छ । प्रतिस्पर्धीहरूबाट भने सजग रहनुहोला। कामको चापबाट फुर्सद पाउने देखिन्छ भने पारिवारीक सम्बन्धमा सुधार आउनेछ।