कोरोना संक्रमणका कारण ६ वर्षीय बालिकाको मृत्यु :

काठमाडौं । नेपालमा केहि समय यता कोरोना भाइरसको प्रकोप निकै छाएको छ । हरेक दिन संक्रमित तथा संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप ९ जनाको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । तिमध्य एकजना ६ वर्षीय बालिका समेत रहेकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्यस्तै गरि मृत्यु हुनेमा सुनसरीकै ६७ वर्षका पुरुष, पर्साका ४८, ५८ र ६१ वर्षीय तीन जना पुरुष, बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष तथा भक्तपुरमा ७३ वर्षीय पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।