रिचार्जरको मेगा सेल ग्याजेट मेला भदौं ११बाट, ५० प्रतिशतसम्मको छुट

काठमाडौं –
मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट मोबाइल एपको माध्यमबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । उक्त मेगा सेलमा सेवाग्राहीले लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु समेत ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न पाउने छन् ।
उक्त सेलमा ५० प्रतिशतसम्मको छुटबाहेक कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत लागु गरिने हुने बताइएको छ भने यस अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा समेत सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिएका छन् ।
उक्त मेला भदौ ११ गतेबाट एक सातासम्म चल्नेछ भने मेलामा सामान खरिद गर्नेहरुले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोलेर एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर एकाउण्टमा जम्मा हुने ग्लाइडरले जानकारी दिएका छन् । साथै उक्त रिचार्जर डाउनलोडगरी खाता सञ्चालन गर्नेहरु मध्ये गोलाप्रथाबाट एकजनालाई आइफोन एसई प्रदान गर्नुका साथै हरेक दिन एकजनालाई स्मार्ट फोन समेत उपलब्ध गराइने बताइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागी सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ भने कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त ‘डबल सी’ ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुनेछ । साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशतसम्म क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा, यसबाट मोबाइल रिचार्ज गर्दा तथा अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि क्यास प्वाइन्ट पाइनेछ भने त्यसलाई पनि छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।