भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा आएन सुधार

काठमाण्डौ । अचेत अवस्थामा अस्पतालमा उपचाररत रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । एक हप्ताभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा अझैसम्म पनि कुनै परिवर्तन नआएको अस्पतालले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
अस्पतालले दिएको जानकारी अनुसार मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ भने उनको अवस्था जटिल भएका कारण उनलाई भेन्टिलेटरमा राखिएको छ । साथै उनको दिमागमा समेत असर परेकाले गर्दा अहिलेपनिउनी अचेत अवस्थामै रहेको चिकित्सकहरुको भनाई रहेको छ ।