बुटवलकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया

काठमाण्डौ । कोहलपुर मेडिकल कलेजमा स्त्री रोग विशेषज्ञ सहितको टोलीद्वारा शनिबार बिहान कोरोना भाइरस संक्रमित एक गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया महिलाको आइतबार एक्कासी पेट दुखेपछि उनलाई प्रादेशिक अस्पताल बुटवल लागिएको थियो भने परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई कोहलपुर लागिएको थियो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भन्दै उनलाई आइसोशनमा राखेर निगरानी गरिरहेका थिए भने शनिबार बिहान करीब ९:३० बजे उनको शल्यक्रिया गरेर छोरी निकालिएको हो । शिशुको तौल साढे २ केजी रहेको छ भने उनको स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *