नराम्रो सपनाले सताएको छ ? अपनाउनुहोस् यी उपाय :

काठमाण्डौ । कतिपय मान्छेहरु नराम्रो सपना अथवा ऐठन हुने समस्याबाट ग्रसित भएका हुन्छन् | खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ। नराम्रो सपना देखेपछी मानिसहरु झस्किएर उठ्ने गर्दछन् | त्यस्ता नराम्रा सपना कहिले काहीं यसै पनि देखिन्छ भने कहिले यी सब नराम्रोको संकेत पनि हुन सक्दछ |
अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ। बिष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं । बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भगवान बिष्णुको निम्न आठ नामहरु भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।। ३. खराब सपनाको अशुभ फल नाश गर्नका लागी विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु पनि निकै उपयोगी रहन्छ। ॐ हीं त्रीं पूर्व दुर्ग तिना शिन्यै महामायायै स्वाहा। यस मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।