जनकपुरमा एक युवकको शव फेला

काठमाण्डौ । जनकपुरधामको उपमहानगरपालिका वडा नम्बर ९ स्थित पीडारी चोकमा रहेको गोरधई पोखरीमा एकजना युवकको शव भेटिएको छ । मृत्यु हुनेमा सर्लाही घर भई हाल जनकपुरमा डेरा लिएर बस्दै आएका अन्दाजी २२ वर्षीय अविनाश कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनी जनकपुरको एक विद्यालयमा अध्यापन पेशामा सङ्लग्न रहेका थिए भने केही महिनादेखि उनको मानसिक सन्तुलन ठीक नभएका कारण उनको उपचार समेत हुँदै आएको प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताएका छन् । उनको शवको पोष्टमार्टम गरी परिवारलाई बुझाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *