धरानमा एक कोरोना संक्रमितको मृत्यु :

काठमाडौं । सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१५ का ६७ वर्षीय पुरुषको शनिबार मध्यान्ह मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीमा गत साउन २७ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो भने उनलाई सोहि दिन धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक उच्च रक्तचापको रोगी पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *