खोलाले बगाउँदा एक बालीकाको मृत्यु

काठमाण्डौ । राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एकजना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर स्थानीय १२ वर्षीया सम्झना चेपाङ्गको मृत्यु भएको हो । उनी आफ्नी आमासँग मकै भाँच्न गएको समयमा उनलाई खोलाले बगाएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चेपाङ्गलाई शुक्रबार दिउँसो खोलाले बगाएको र राति अबेरमा मात्र उनको शव भेटिएको बरालले जानकारी दिएका छन् । चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ भने उक्त स्थामान पुग्न सडक निकै अफ्ठ्यारो रहेको कारण  प्रहरी पैदलै त्यसतर्फ लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *