गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । शनिबार गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा कास्की १६ नवलपुरका तीनजना, तनहुँका दुईजना, स्याङजाका दुईजना र बागलुङका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै गण्डकी प्रदेशमा सङ्क्रमितको कुल सङ्ख्या एक हजार ८ सय ६८ पुगेको छ भने तिमध्य एकहजार ५ सय ९२ जना निको भएर घर फर्किएका छन्  र २ सय ३९ जना आइसोलेसनमा रहेको डा शर्माले बताएका छन् । त्यस्तै अहिलेसम्म सात जनाको मृत्यु भएको छ र विभिन्न क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *