अजाही भेटिएनन् बाढीमा बेपत्ता भएका ११ जना, खोजी जारी

काठमाण्डौ । यहि भदौ ३ गते बिहान करिब १ बजे अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर १७ जना बेपत्ता भएका थिए भने ती मध्य ११ जना अहिलेसम्म पनि फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीकार्य चलिरहेको छ भने यसका लागी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सो बाढीपहिरामा बगेर छ जनाको मृत्यु भएको थियो भने मृत्यु हुनेमा रामारोसन गाउँपालिका–५ बस्ने १५ वर्षीया नवीन साउद, ३३ वर्षीया गौरी शाह, २२ वर्षीय बबिता बुढाऐर, ४५ वर्षीय अमर शाह, ४५ वर्षीय लालसर शाही तथा ४८ वर्षीय चन्द्र साउद रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *