काठमाडौंमा संक्रमितको संख्या निकै बढेपछि…

काठमाडौं । काठमाडौं उपत्यकामा केहि दिन यता कोरोना संक्रमितको संख्या निकै बढ्दै गइरहेको छ भने यससँगै भदौ ३ गते मध्यरात १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । यसैबीच बढ्दै गएको संक्रमण बिच काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) गर्ने काम जारी रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सडक, सडक किनारका संरचना तथा बोटबिरुवाहरुमा समेत शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।