विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्याे

काठमाण्डौ । सन् २०१९ डिसम्बरबाट चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसले अहिले सिंगो विश्वलाई निकै पिरोलेको छ । हरेक दिन संक्रमितको संख्या बढिरहेको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि निकै नै बढेको छ । यसतै अहिले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले विश्वभरमा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ८ लाख ३ हजार २ सय २३ पुगेको छ भने संक्रमितको कुल संख्या २ करोड ३१ लाख २१ हजार ३ सय ६६ पुगेको छ । यस्तै, १ करोड ५७ लाख १५ हजार ७ सय ५७ जनाको भने सफल उपचार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *