सिरहामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । यहि भदौ ३ गते सिरहामा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए रहेका ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको भने रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताएका छन् । साथै अहिले उनको कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको छ भने यससँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *