कोरोना नियन्त्रणका लागी साउनसम्म कुल १३ अर्ब ३६ करोड रुपैयाँ खर्च, विवरण सार्वजनिक :

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागी साउन मसान्तसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कोरोना नियन्त्रमा कुल १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।

उक्त विवरण अुनसार कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख तथा सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको बताइएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै विभिन्न निकायलाई कोभिड कोषबाट १ अर्ब ३ करोड दिइएको छ भने प्रदेशहरुबाट झण्डै डेढ अर्ब खर्च भएको छ । १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताउनुभयो ।उप्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख, बागमती १३ करोड ६७ लाख, गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख तथा सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताउनुभएको छ । यसका साथै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *