माधव नेपालका ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालका सबै परिवार तथा उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुको स्वाब परीक्षण गर्ने क्रममा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पूर्वप्रधानमन्त्री नेपालको परिवारका सबैको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई भने अहिले आइसोलेसनमा राखिएको छ भने नेपालका परिवारले तीन पटकसम्म पीसीआर परीक्षण गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *