शनिबारको मौसम पूर्वानुमान :

काठमाण्डौ । आज शनिबारको मौसम पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव परेकाले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको जनाएको छ । यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै आज देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *