बन मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाण्डौ । कैलालीमा बन मुद्दामा परि फरार रहेका तीनजना अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ५ बस्ने ३२ वर्षीय हेमन्त साउद, ५३ वर्षीय सन्त बहादुर खप्तडी मगर र ३० वर्षीय दुर्गा भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उनीहरु १ लाख १३ हजार ४६ जरिवाना भई बन मद्दामा फरार रहेका थिए । २०७२ साल जेठ २४ गते जरिवाना भई फरार रहेका सो ३ जनालाई प्रहरी टोलीले खोजतलास गर्दै जादा ६ बर्षपछि यहि बिहिबार गौरीगंगा नगरपालिका ५ बाट प्रकाउ गरिएको हो । उनीहरुलाई कैलाली जिल्ला अदालतमा पेश गरेर तोकिएको जरिवाना तिरेर गएका बिष्टले बताएका छन् ।