पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । पर्सामा कोरोना संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुष रहेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम जस्ता समस्याका कारण साउन ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो भने भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उनी पहिल्यैदेखि उच्च रक्तचाप, मुटु र दमका रोगी थिए। उनको उपचारको क्रममा विहान ७:१० बजे उनको मृत्यु भएको डा. दीपक कुशवाहाले जानकारी दिएका छन् । यससँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *