हरेक भाकल पुरा गर्ने यस्तो अद्भुत मन्दिर :

काठमाण्डौ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि जोत्कोयस मन्हीदिरको बाटो हुँदै यात्रा गर्नेहरु त्यहाँ दर्शन नगरी कहिल्यै अघि बढ्दैनन् । किंवदन्तिमा उल्लेख गरिए अनुसार आजभन्दा कैयौँ वर्ष अगाडिको कुरा हो एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एक तोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीमा भाकल गरेपनि अनुसार ऊ आर्मीमा भर्ती पनि भयो ।
केही समयपछि लाहुरे छुट्टीमा फर्कंदा उसले सुन ल्याउन भुलेको कारण उक्त मन्दिरको बाटो छलेर जान खोजेछ । तीन पटकसम्म मन्दिर अगाडिबाटै ओहोरदोहोर गरेपछि चौथो पटक मन्दिर अगाडिबाटै हिँड्न लाग्दा देवी रिसाएर ढुङ्गे पहरामा उसलाई टाँसेकी हुन् भन्ने विश्वास गरिन्छ । मन्दिर नजिकको पहरामा लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति अझै देख्न सकिन्छ । उक्त स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको भेटिन्छ।
दुःख परेको बेला भाकल गर्ने र भाकल पूरा भएपछि आफूले भनेको कुरा सुपा देउरालीलाई चढाउने परम्परा रहँदै छ । सुपा देउराली मन्दिरमा हप्ताको प्रत्येक शनिवार भाकल गरिएका बलि चढाउने गरिन्छ। एकादशी, औँसी र पूर्णिमाबाहेक यस मन्दिरमा हरेक समयमा भाकल चढाउनका लागी खुला रहन्छ ।