हेर्नुहोस् आजको राशिफल, कसलाई शुभ, कसलाई अशुभ ?

काठमाडौं आज मिति २०७७ साल भदौ ६ गते शनिबारको राशिफल यसप्रकार रहेको छ :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मेष राशि हुनेहरुको आजको दिन निकै राम्रो देखिन्छ । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । यात्राको पनि योग रहेको छ ।

वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : वृष राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । बोलीले अरुको मन दुखाउन सक्ने योग रहेको हुँदा बोल्दा बिचार पुर्याउनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला।

मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) : मिथुन राशि हुने व्यक्तिहरुको आजको समय अनुकूल रहेको छ ।आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्ने योग रहेको छ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने योग रहेको छ ।

कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : कर्कट राशि हुने व्यक्तिहरुको आजको दिन शुभ रहेको छ । लाभ हुने कामको प्रारम्भ गर्ने समय रहेको छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। तर, अनावश्यक वादविवादमा परिने समय रहेको छ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : सिंह राशि हुने व्यक्तिको लागि आजको दिन ठिकै देखिन्छ । हिम्मतले काम लिनुपर्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला। सुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्ने हुँदा विचार पुर्याउनुहोला ।

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : कन्या राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन। होसियारी साथ काम लिनुपर्ने समय रहेको छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् भने पारिवारिक सम्बन्धमा पनि केहि खराबी आउने देखिन्छ। आज काम बिग्रने डरले सताइरहनेछ भने बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) : तुला राशि हुने व्यक्तिको लागि आजको दिन ठिकै देखिन्छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्ने योग रहेको छ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : वृश्चिक राशि भएका व्यक्तिहरुको आजको समय राम्रो रहेको छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय जुरेको छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। पारिवारिक सम्बन्ध सुध्रिने छ भने दाम्पत्य जीवनमा धेरै राम्रो हुने योग छ । यात्राको अवसर पनि जुट्न सक्छ ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : धनु राशि हुने व्यक्तिको आजको समय ठिकै देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : मकर राशि हुनेहरुको आजको दिन निकै राम्रो देखिन्छ । आज धनलाभको सम्भावना रहेको छ । साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग बित्नेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । कडा मिहेनत गर्दा राम्रो फल पाउन सकिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) : कुम्भ राशि हुने व्यक्तिहरुको लागि आजको दिन सामान्य देखिन्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। बोलीले अरुको मन जित्ने सकिनेछ भने आँटेका काम पुग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : मीन राशि हुनेहरुको आजको दिन निकै शुभ देखिन्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। आँटेका काम पुग्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *