बिहानै मसालेदार खाना खानु यति खतरनाक :

काठमाण्डौ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । संसारका प्राय मानिसहरु खान नपाएर भन्दा खान नजानेर विभिन्न किसिमका स्वास्थ्यसँग सम्बन्धित समस्या झेल्दै आएका छन् । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व राख्दछ।
तपाई ब्रेकफास्टमा के लिनुहुन्छ रु बिहानै खालीपेटमा मसलेदार स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने स्वास्थमा निकै ठूला स* मस्या देखिन्छ । त्यसैले यसमा पनि सचेत हुनुपर्छ । बिहान तपाईले खानुभएको यस्तो खानाले पुरै दिन तपाईको पेटमा एसिडिटी बनाउँछ । चिकित्सक भन्छन्, दिनभरी ड्याउ आउने, अपाच्य भएजस्तो हुने, पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिन सक्छ ।