बाँकेमा १७ सैनिकमा कोरोना संक्रमण ,यस्तो छ आशंका

काठमान्डौ

भाद्र ५
यति बेला नेपालमा कोरोना संक्रमित र कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या दिनहु बढ्दो अबस्थामा छ। काठमान्डौमा मुख्यतय संक्रमित थपिने क्रम जारि छ। यसै क्रममा बिहीबार बाँकेमा १७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना सेनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।ती सबै मध्यपश्चिम तालिम शिक्षालय कौशिला नगरका प्रशिक्षार्थीहरू भएको महासेनानी नकुल थापाले सेतोपाटीलाई जानकारी दिए।
‘उहाँहरू सबै प्रशिक्षार्थीहरू हुनुहुन्छ र सबै जवान हुनुहुन्छ,’ थापाले भने,‘तालिम केन्द्रमा बुटवललगायत प्रदेशभरिकै प्रशिक्षार्थी रहन्छन्।’
थापाले केही समय पहिले यस्तै तालिम लिन आएकामध्ये ९ जना संक्रमित फेला परेको र उनीहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा थप ४ जनामा संक्रमण फेला परेको थियो।

बिहीबार भने थप १७ जनामा संक्रमण भेटिएको उनले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *