पछिल्लो २४ घण्टामा काठमान्डौमा थपिए यति धेरै संक्रमित

काठमान्डौ
भाद्र ५
यति बेला नेपालमा कोरोना संक्रमित र कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या दिनहु बढ्दो अबस्थामा छ। काठमान्डौमा मुख्यतय संक्रमित थपिने क्रम जारि छ। काठमाडौं उपत्यकामा बिहीबार २ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना छन्। कोरोनाले अहिलेसम्म १ सय २६ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौं उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको थियो।