भेनेजुएलाका राष्ट्रपतिले आफ्ना नागरिकलाई नछोडेको अमेरिकाको आरोप

अमेरिकाले आफ्नो नागरिकको उद्दार सबै देशहरुबाट तिब्र रुपमा गर्दै आएको छ। यो क्रम लाई निरन्तर दिरहेको छ ।

अमेरिकाले निकोलस मदुरोको नेतृत्वमा रहेको भेनेजुएलाको सरकारले अमेरिकी नागरिकलाई भेनेजुएलाबाट फिर्ता लान नदिएको आरोप लगाएको छ।

वाशिङ्टन डिसीले उद्धार उडानबाट आफ्ना नागरिक फिर्ता लैजान खोज्दा भेनेजुएलाले रोकेको बताएको हो।

‘हामीले पहिले नै अमेरिकी नागरिक लैजाने प्रस्ताव राखेका थियौं तर मदुरो र उनका अधिकारीहरुले प्रस्ताव अस्वीकार गरे’ विदेश विभागका प्रवक्ता मोर्गन ओर्तागसले बिहीबार एक विज्ञप्तिमा भनेकी छन्।

त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित फर्काउन वासिङ्टनले प्रयास गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

भेनेजुएलामा कति अमेरिकी नागरिक छन् भनेर खुलाइएको छैन।

सन् २०१८ को निर्वाचनपछि अमेरिकालगायतका ६० देशले मदुरोको सरकारलाई अस्वीकार गरेर विपक्षी नेता जुआन गुइदोको समर्थन गरे पनि हालसम्म भनेजुएलाको सत्ता मदुरोको नियन्त्रणमा रहेको छ।

भनेजुएलाका विदेश मन्त्री जर्ज अरेजाले बिहीबार ट्विटरमा लेख्दै काराकासले अमेरिकाले आफ्ना नागरिकलाई भेनेजुएलाको सरकारी स्वामित्वको एयरलाइन्स कोन्भियासामा स्वदेश फिर्ता गर्न प्रस्ताव गरेका छन्।

तर यो प्रस्ताव असम्भव जस्तै दिखिन्छ।

अमेरिकाले भेनेजुएलामाथि लगाएको कडा प्रतिबन्धका कारण कोन्भियासाले अमेरिका उडान गर्न निषेधगरिएको छ।

अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धले मदुरो झन निराश भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *