सिपिएलमा लगातार दोस्रो खेलमा पनि सन्दीप विकेट लिन सफल

छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन् ।
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन सफल भएका छन्।
जमैका तलावाजका बलर सन्दीपले शुक्रबार बिहान ट्रिन्बागो नाइटराइडर्सविरुद्धको खेलमा एक विकेट लिए।
सन्दीपले ट्रिन्बागोका ओपनिङ ब्याट्सम्यान सुनील नारिनको विकेट लिएका हुन्। ५३ रन बनाएर खेलिरहेका सुनीललाई सन्दीपले कार्लोस बाथवेटको हातबाट क्याच गराए। खेलमा सुनील प्लेयर अफ दि म्याच भए।
सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो।