सुशान्तको मुद्दामा नबोलेको भन्दै कंगनाले गरिन अमिताभको आलोचना

सुशांत सिंह राजपूत को १४ जून २०२० को दिन में मुम्बईको बांद्रा स्थित उनके घरमा मृतु भएको थियो।बलिउड नायिका कंगना रनावतको आक्रोश बलिउडकर्मीमाथि जारी छ । उनले बलिउडका नाम चलेका कलाकारमाथि आक्रोश व्यक्त गरिरहेकी छिन् । यसैविच, उनले नायक अमिताभ बच्चनमाथि पनि टिप्पणी गरेकी छिन् ।

सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न घटनाक्रम र भारतमा बन्न लागेको राम मन्दिरको बिषयमा नबोलको भन्दै कंगनाले अमिताभको टिप्पणी गरेकी छिन् ।

कंगना भन्छिन्–‘अमिताभ बच्चन बलिउडका महानायक हुन् । तर, उनी राम मन्दिर निर्माण होस् या सुशान्तको निधनपछि विकसित घटनाक्रमका बिषयमा बोल्न सक्दैनन् । यो माफियाको डर हो । म उनको मुल्यांकन गर्न चाहन्नँ र उनले के सोच्छन् भन्नका लागि मसँग हैसियत पनि छैन ।’

कंगनाले उनले विभिन्न बिषयमा ट्विट गर्दै आएको भन्दै यो बिषयमा उनको मनमा डर रहेको बताइन् । भनिन्–‘आफू वा आफ्ना सन्तानलाई बहिष्कार गर्न सक्ने धम्की होस् या उनीविरुद्ध ग्रुपिज्म हुने डरले उनले नबोलेको हुनुपर्छ । नत्र, उनी किन वधाई सहितको ट्विट गर्न सक्दैनन् ?’

सामाजिक संजालमा राम मन्दिर निर्माणको बिषयमा वधाई पनि नदिएको भन्दै अमिताभको आलोचना पनि भैरहेको छ । यसपछि उनले गरेका हरेक ट्विटमा नकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

महानायक भएरपनि सुशान्त सिंह राजपुतको निधनको बारेमा केहि नबोलेको भन्दै दर्शको ले पनि आपत्ति जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *