मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला

गुल्मी-

गुल्मीमा मदिरा पिएका दुई पुरुष आज शुक्रबार बिहान मृत फेला परेका छन् ।  मालिका ७ घमिर भान पोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका जसमा निजले बढी मात्रमा मदिरा सेवन गरेको – प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्थले जानकारी दिए ।

उनका अनुसार इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन् । वडा नम्बर २ पालु खाका ३१ वर्षीय चुराबहादुर कुँवर बारीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *