टेकुमा कोरोना जँचाउने भिड किन घट्यो ?

काठमाडाैं

कोरोना भाइरसले म*हामा*रीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ  । हरेक दिन संक्रमित तथा मृतकको संख्या बढी नै रहेको छ ।

निषेधाज्ञाको पहिलो दिन हिजो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु सुनसान थियो । अरु दिनजस्तो कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा परीक्षण गर्न पुग्नेहरुको संख्या फाट्टफुट्ट मात्र थियो ।

जब कि अरुबेला दैनिक हजार/दुई हजार मानिस अस्पताल पुग्थे र केही सयको नमूना संकलन हुन्थ्यो । दिनहुँ टेकु अस्पतालमा पुगेर स्वाब दिएकामध्ये संक्रमणग्रस्त क्षेत्रबाट आएका अधिकांशमा कोरोना पोजेटिभ देखिएको थियो ।

तर, बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी भएपछि संक्रमणग्रस्त क्षेत्रबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरु अस्पताल पुग्ने बाटो बन्द भएको छ ।। यसले सबैलाई प्रभावित पारेको छ ।

विज्ञहरुका अनुसार आशंकितहरु बेलैमा अस्पताल गएनन् भने संक्रमितले परिवारका अरु सदस्यलाई पनि कोरोना भाइरस सार्ने सम्भावना बढेर जान्छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ‘फेमेली क्लस्टर’ मा संक्रमण भएका केसहरु बढ्दो मात्रामा देखिएका छन् । चिकित्सकहरुका अनुसार संक्रमणग्रस्त क्षेत्रबाट आएको व्यक्तिबाट परिवारका पुरै सदस्यलाई सरेको केससमेत भेटिएको अवस्था छ ।

त्यसैले, निषेधाज्ञाको समयमा सम्भावित संक्रमितको पहिचान र उनीहरुलाई परिवारबाट आइसोलेट गर्न सकिएन भने फेमेली क्लस्टरमा संक्रमण अझ बढेर जान्छ ।

लक्षण भएका तथा शंका लागेर परीक्षण गराउन चाहनेहरुलाई निषेधाज्ञाकै कारण अस्पतालसम्म पुग्न गाह्रो भएको हो कि भन्ने देखिएको भन्दै टेकु अस्पतालका डा. अनुप बास्तोला भन्छन्, ‘शंकास्पद संक्रमितहरुलाई परीक्षण गर्ने स्थानहरुमा पुग्न सक्ने वातावरण बेलैमा बनाउनुपर्छ ।’

कोरोनाको नियन्त्रण गर्न पहिलो बाटो नै यसको परिक्षण गर्नु हो। यो विषयमा सरकार गम्भिर दिखिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *