करेन्ट लागेरै एक जनाको मृत्यु, एक घाइते

बुटवल –
पाल्पा जिल्लाकै रैना देवि छहरा गाउँपालिका–६ खुनधारामा, विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएका भने अर्को एक जना घाइते भएका छन् ।
छहरा गाउँपालिका ६ खुनधाराकी २७ वर्षकी दिलकुमारी पुनको मृत्यु भएको हो भने घटनामा स्थानीय वर्ष ५२ का झमानसिंह पुन करेन्ट लागी घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएका छन् ।
सो घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।