घाँस काट्न गएकी महिला ढिस्कोमा परी बेपत्ता

काठमाडौँ –
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीन घरेमा घाँस काट्न भनेर गएका एक महिला ढिस्कोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ । अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ हिजो बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएकी, इलाका प्रहरी कार्यालय बनेपाका जानकारी दिए । बजगाइँको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको तापनि अझै पनि फेला पार्न सकिएको छैन ।