अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

प्युठान-

प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको समाचार प्राप्त गरेका छौ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी हिजो बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार, “घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *