विदेश बाट नेपाल आउदै हुनुहुन्छ ? पालना गर्नु पर्छ यी नियम

५ भदौ,
काठमाडौं ।
यति बेला नेपाल मा कोरोना संक्रमित को संख्या ह्वात्तै बढेको र त्यस बाट मृत्यु हुने को संख्या पनि बढेपछि नेपालमा बिशेष संयन्त्र बनाएर यसको नियन्त्रण गर्ने कोसिस सरकारले गर्न थाल्ने भएको छ। यसै अन्तर्गत काठमान्डौका तिन जिल्लामा निषेध आज्ञा जारि गरिएको छ। यो संग संगै सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । ७ दिन होटेलमा नबसी घर भने जान पाइने छैन।

त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बतायो । ‘१० वटा तोकिएका स्थल नाकाहरुबाट आउनेहरुले पनि सात दिनसम्म स्थानीय होटलमा अनिवार्य रुपमा बस्नैपर्छ र कोरोना परीक्षण गराउनैपर्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *