पोखरामा एकै परिवारका १३ लाइ कोरोना संक्रमण ,यस्तो आशंका

पोखरा
भाद्र ५
५ मालेमाटनमा सहकारीमा काम गर्ने एक महिलालाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारको पनि स्वाब परीक्षण गरियो। परीक्षण गर्दा ५ दाजुभाइ रहेका उनको जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका ४ जना र साइलो दाजुका ३ जना परिवारमा कोरोना देखिएको पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए।

कन्ट्याक्ट ट्रेसिङकै क्रममा बिहीबार पनि थप २ जना संक्रमित थपिएका छन्। उनीहरू सहकारीमा काम गर्ने महिलाका देवरका छोराछोरी रहेको नेपालीले बताए।उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ भने यसअघि नै संक्रमण देखिएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरूवा तथा संक्रामक रोग अस्पताल लेखनाथको आइसोलेसनमा राखिएको छ। अहिले सम्म पोखरामा यस्तो पहिलो चोटी दखिएको हो , यस बाट कोरोना समुदाय स्तर मै फैलिसकेको आशंका गर्न सकिन्छ।

पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। जसमा १ सय ३१ ना निको भएर घर फर्किसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *