दुबईबाट काठमाडौँको लागि सरकारले दियो उडान अनुमति,यस्ता व्यक्ति आउन पाउने

युएई ।
भाद्र ५
नेपालबाट बैदेशिक रोजगारका लागि जाने मुख्य खाडि मुलुक हरु मध्ये यु ए इ पनि एक हो। कोरोनाको कहरले गर्दा हजारौ नेपाली उतै अलपत्र अबस्थामा रहेका छन्। पछिल्लो अवस्थामा उडान हुने भनिएपनि अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।
गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौ यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।
यो भन्दा अघि भने कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किएको थियो । जसको कारण नेपाल फर्किन लगेजसहित एयरपोर्ट आइसकेका दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका थिए ।