हेर्नुहोस् आजको यति राम्रो राशिफल :

काठमाडौं आज मिति २०७७ साल भदौ ४ गते शुक्रबारको राशिफल यसप्रकार रहेको छ :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुने व्यक्तिहरुको आजको दिन शुभ रहेको छ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुनेछ भने काममा पनि राम्रै फाइदा हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ।

वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

वृष राशि भएका मानिसहरुको आजको दिन केहि कठिन देखिन्छ आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह )

मिथुन राशि हुने व्यक्तिहरुको आजको दिन शुभ रहेको छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्ने योग रहेको छ।

कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन।होसियारी साथ काम लिनुपर्ने समय रहेको छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि  सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला। सुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्ने हुँदा विचार पुर्याउनुहोला ।

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरुको आजको दिन निकै राम्रो देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने योग रहेको छ । पारिवारिक सम्बन्ध सुध्रिने छ भने दाम्पत्य जीवनमा धेरै राम्रो हुने योग छ ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरुको आजको दिन निकै राम्रो देखिन्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । यात्राको पनि योग रहेको छ ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशि हुने व्यक्तिको लागि आजको दिन ठिकै देखिन्छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्ने हुँदा सतर्क रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

धनु राशि हुनेहरुको आजको दिन निकै शुभ रहेको छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । लाभ हुने कामको प्रारम्भ गर्ने समय रहेको छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

मकर राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आज काम बिग्रने डरले सताइरहनेछ भने बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द )

कुम्भ राशि हुने व्यक्तिहरुको आजको दिन निकै शुभ रहेको छ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ भने आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने योग रहेको छ । पारिवारिक सम्बन्ध सुध्रिने छ भने दाम्पत्य जीवनमा धेरै राम्रो हुने योग छ ।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

मीन राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् भने पारिवारिक सम्बन्धमा पनि केहि खराबी आउने देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *