भारतमा एकैदिन थपिए ७० हजार भन्दा बढी कोरोना संक्रमित

Nurse wearing respirator mask holding a positive blood test result for the new rapidly spreading Coronavirus, originating in Wuhan, China
कोरोना भाइरसले महामारीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ । यसले सबैलाई प्रभावित पारेको छ ।
हरेक दिन संक्रमित तथा मृतकको संख्या बढी नै रहेको छ ।
भारतमा झनै यो भाईरस तिब्र रुपमा फैलिरहेको छ । भारतमा एकैदिनमा ७० हजार एक सय एक संक्रमित थपिएका छन्।
कोरोना भाइरसको महामारी फैलिएयता बुधबार एकैदिन सबैभन्दा धेरै संक्रमित फेला परेका हुन्।
सोही अवधिमा ज्यान गुमाउनेको संख्या नौ सय ७८ छ।
भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना संक्रमित भएका छन्, ५३ हजार नौ सय २९ को भाइरस संक्रमणबाट मृत्यु भएको छ।
सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा २४ घण्टामा १३ हजार एक सय ६५ जना नयाँ संक्रमित भेटिएका छन्। अगस्टका १९ दिनमा मात्रै त्यहाँ दुई लाखभन्दा बढी संक्रमित भएका छन्।
भारतमा सक्रिय संक्रमित ६ लाख ८८ हजार एक सय ६२ छन्, २० लाख ९० हजार नौ सय २४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट निको हुनेको संख्या ७३ दशमलव ८ प्रतिशत छ।