न्युटनभन्दा पहिले यीनले पत्ता लगाएका थिए गुरूत्वाकर्षण शक्तिको बारेमा

काठमाडौ । शरीर रचनाको सन्दर्भमा होस् वा ब्रम्हाण्डको, सदियौंअघि नै हाम्रा ऋषिमुनीहरुले अनेक खोज-अध्ययन, प्रयोग एवं अभ्यास गरेका पाइन्छ । हाम्रा प्राचीन ऋषिमुनिहरूले घाेर तप, कठाेर साधना, निष्काम कर्म तथा अटुट संयमकाे माध्यमबाट वेदमा छिपेका गुढ ज्ञान एवं विज्ञानलाई उजागर गरी हजाराैँ वर्ष पहिले प्रकृतिसँग जाेडिएका अनेकाैं रहस्यहरू प्रकाश पार्नुका साथै विभिन्न आविष्कारहरू गरेका छन्  जसकाे अगाडि आधुनिक विज्ञान पनि नतमस्तक हुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ती मध्य एक हुन् भास्कराचार्य । आधुनिक कालमा पृथ्वीकाे गुरूत्वाकर्षण शक्ति (पदार्थहरूलाई आफूतिर तान्न सक्ने शक्ति) लाई पत्ता लगाउने श्रेय आइज्याक न्युटनलाई दिइन्छ । तर धेरै कम मान्छेलाई मात्र थाहा छ कि न्युटनभन्दा शताब्दियाैँ पहिले भास्कराचार्यले नै गुरूत्वाकर्षणकाे रहस्य उजागर गरेका थिए । भास्कराचार्यले सिद्धान्त शिराेमणी नामक ग्रन्थमा पृथ्वीकाे गुरूत्वाकर्षण बारेमा भलिभाति प्रकाश पार्दै के लेखेका छन् भने पृथ्वीले आफ्नाे विशिष्ट शक्तिले आकाशीय पदार्थहरूलाई आफूतिर तान्दछ र त्यसैले आकाशीय पदार्थहरू जमिनमा खस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *