जडिबुटीमा ट्रकले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वर–जडबुटी सडक खण्डमा ट्रकको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् ।
कोटेश्वरबाट भक्तपुतर्फ जाँदै गरेको ना.६ ख २९१७ नम्बरको ट्रकको ठक्करबाट सिन्धुपाल्चोक घर भएका धन बहादुर कार्की घाईते भएका हुन् भने अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै सर्लाही हरपुर घर भएका ट्रक चालक २५ वर्षीय रेख बहादुर पोखरेललाई भने महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *